नियम ३२
रुग्ण उद्योगको रुपमा घोषणा गर्न सक्ने
ऐनको दफा ३९ को उपदफा (१) मा उल्लिखित अवस्थाका कुनै उद्योगलाई नेपाल सरकारले देहायका मापदण्डका आधारमा रुग्ण उद्योगको रूपमा घोषणा गर्न सक्नेछ:-

(क) तीन वर्षदेखि लगातार घाटामा सञ्चालन भई: उद्योगको पूँजी (इक्विटी) तीस प्रतिशतभन्दा बढीले कमी भएको,

(ख) / क्रण सम्झौताबमोजिम क्रृणको साँवा ब्याज तिर्न नसकेको,

(ग) पूँजीको अनुपातमा क्रणको मात्रा बढी भएको,

(घ) नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको उद्योगको हकमा अड्रित मूल्यभन्दा बजार मूल्य कम भएको,

(ङ) अन्य कुनै कारणले ऐनको दफा ३९ को उपदफा (१) को अवस्था भएको ।